२०८१ भाद्र २३

महान्यायाधिवक्ता डा. पोखरेलको राजीनामा स्वीकृत
  • लुम्बिनी खोज
  • २०८१ श्रावण १, मंगलवार १०:३४ गते

काठमाडौ, १ साउन ।

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राजीनामा दिएका छन्। पोखरेलले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पठाएका थिए।

उनी २०७९ साल पुस १४ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए। उनले दिएको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयले जानकारी गराएको छ।

महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार पद हो ।

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएपछि उनले पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।