२०८१ भाद्र २३

महासंघ र प्रदेशमा निर्वाचितलाई बधाई कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ८, मंगलवार ०९:४८ गते

बुटवल ८ साउन ।
बुटवल सुनचादी व्यवसायी संघ, रुपन्देहीले हालै सम्पन्न नेपाल सुनचादी व्यवसायी महासंघको चौथो अधिवेशनबाट निर्वाचित सदस्य तथा लुम्बिनी प्रदेशको दोस्रो अधिवशेनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान तथा बधाई ज्ञापन गरेको छ । सोहि अवसरमा महासंघको बैठकबाट बिभिन्न उपसमितिहरुमा मनोनित सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।
बुटवलमा आयोजित सो कार्यक्रममा संघले नेपाल सुनचादी व्यवसायी महासंघको चौथो अधिवेशनबाट निर्वाचित सदस्य द्वय दिपक कुमार विक र चेतनारायण विक एवं लुम्बिनी प्रदेशको दोस्रो अधिवशेनबाट उपाध्यक्षमा निर्वाचित हरि बहादुर सुनार एवं सदस्य प्रकाशमणी विश्वकर्मालाई सम्मान गरेको हो ।
सो अवसरमा बोल्दै नवनिर्वाचित केन्द्रीय सदस्य चेतनारायण विकले सुनचादी व्यवसायीहरुको हकहितका लागि आफुले इमानदारिताकासाथ काम गर्ने प्रतिवद्धता जनाए । त्यसैगरि अर्का निर्वाचित सदस्य दिपक कुमार विकले व्यवसायीक एकतामा आउन सबैलाई आग्रह गर्दै सुनचादी व्यवसायमा देखिएका समस्यालाई नया नेतृत्वले समाधान गर्दै जाने विश्वास व्यक्त गरे ।
संघका अध्यक्ष गोकुल विश्वकर्माको अध्यक्षता, सचिव चुरामणी विकको सञ्चालन तथा प्रवक्ता कृष्ण सुनारको स्वागतमा भएको कार्यक्रममा रुपन्देही जिल्ला सुनचादी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष सुरशरत्न वज्राचार्य, लुम्बिनी प्रदेश उपाध्यक्ष हरि बहादुर सुनार, सदस्य प्रकाशमणी विश्वकर्मा, बुटवल महिला सुनचादी व्यवसायी संघकि उपाध्यक्ष सरु खड्का लगायतले धारणा राखेका थिए ।
सो अवसरमा बुटवल सुनचादी व्यवसायी संघलाई नेपाल सुनचादी व्यवसायी महासंघले शाखाका रुपमा मान्यता प्रदान गरेको प्रमाणपत्र वाचन गरि सुनाइएको थियो ।