२०८१ आश्विन ३

रुपन्देहीमा एसईई पुरकका लागि १८ वटा परीक्षा केन्द्र, ८ हजार ५ सय ६४ परीक्षार्थी
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २०, आईतवार १४:३१ गते

एसईई पुरकका लागि केन्द्राध्यक्षहरुको अभिमुखीकरण

 

भैरहवा,२० साउन ।
शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीद्वारा माध्यमिक शिक्षा परीक्षा पुरक (ग्रेडवृद्धि) २०८० को केन्द्राध्यक्ष अभिमुखीकरण कार्यक्रम आइतबार भैरहवामा सम्पन्न भएको छ ।
कार्यक्रममा रूपन्देही जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी चिरंजीवी रानाले पुरक परीक्षा सञ्चालनको लागि केन्द्राध्यक्षहरु जिम्मेवार बनेर आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरे । उनले केन्द्राध्यक्षहरूले आफूले जानेका कुरा सेयर गर्न र समन्वयलाई जोड दिई सिक्ने सिकाउने कामलाई प्राथमिकता दिन आग्रह गरे ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका इकाई प्रमुख माधव बन्जाडेले रूपन्देही जिल्लामा बुटवलदेखि भैरहवासम्म १८ वटा परीक्षा केन्द्र कायम गरिएको र उक्त परीक्षा केन्द्रमा रूपन्देही जिल्लाका ३ सय ३८ विद्यालयका ८ हजार ५ सय ६४ परीक्षार्थीहरूको सहभागिता रहने जानकारी गराए । उनले परीक्षाका आचारसंहिता, व्यवस्थापकीय पक्षहरू, क्ष्ऋत् को सदुपयोग, परीक्षामा अपनाउनपर्ने चनाखोपन, गोपनियता लगायतमा राम्रो कार्यसम्पादन गर्न सबै केन्द्राध्यक्षहरूलाई निर्देशन दिए ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक रन्जित शिह राठौरले २०८० को पुरक(ग्रेडवृद्धि) परीक्षामा हेल्प डेक्स र हेल्थ डेक्स निर्माण गर्न आग्रह गरे ।
शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका इकाइ प्रमुख माधव बन्जाडेको अध्यक्षतामा शाखा अधिकृत विष्णुप्रसाद बेल्वासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका शाखा अधिकृत झविलाल बि.क ले स्वागत गरेका थिए। नवीन औद्योगिक कदर बहादुर रीता मा.वि, कालिका मानवज्ञान मा.वि र कान्ति मा.वि मा दुई दुईवटा परीक्षा केन्द्र रहेको नवीन औद्योगिक कदरबहादुर रीता मा.वि का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए ।