२०८१ आश्विन ३

लायन्स अन्तराष्ट्रिय जिल्ला परिषद ३२५ पी को प्रथम क्याबिनेट मिटिङको तयारी
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २४, बिहीबार १३:४९ गते

बुटवल २४ साउन ।
लायन्स अन्तराष्ट्रिय जिल्ला परिषद ३२५ पी नेपाल २०२४।०२५ को प्रथम क्याबिनेट मिटिङ (बैठक) को तयारी गरिएको छ । यही साउन २६ गते शनिवार भैरहवामा हुने क्याबिनेट मिटिङको आवश्यक तयारी गरिएको जानाकारी गराइएको छ । भैरहवा स्थीत सिद्धार्थ भिलासामा कार्यक्रम आयोजना गरिएको छ ।
आज बिहीबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी दिइएको जानाकारी अनुसार कार्यक्रममा विभिन्न विषयमा छलफल हुने छ ।
(डिष्ट्रिक गर्भनर लायन्स इन्टरनेशनल ३२५ पि नेपाल) पिएमजेएफ पुरुसोत्तमभक्त प्रधानाङ्गले डिष्ट्रिक ३२५ पी का १३५० जनाको सहभागीता रहने बताए । कार्यक्रममा सहभागीका लागि एक हजार ५ सय रजिष्टेशन शुल्क तोकिएको उनले बताए ।
एरिया चिफ ३ एंव कार्यक्रम संयोजक शान्ति पाठक पाण्डेले कार्यक्रमको तयारीका बारेमा जानाकारी गराएकी थिइन् । कार्यक्रममा बिभिन्न क्षेत्रका १५ जना बक्ताहरुले सामाजिक उद्यमशिलता सम्बन्धी बिभिन्न बिषयमा केन्द्रित रहेर भनाई राख्ने गर्ने डिष्ट्रिक सचिव माधव खनालले जानकारी दिए ।
कार्यक्रममा लायन्स इन्टरनेशनल डारेक्टर बालकृष्ण बुर्लाकोटी, इआर संजय खेतान,
लायन्स इन्टरनेशनल जिएटी एरिया लिडर खगेद्र सिटौला, एरिया लिडर राजन लम्साल, मल्टीपल चेयर काउन्सील रमेश लामा, लिडर सिप टेनर खुस्बु वली, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, डिष्ट्रिक गर्भनर ३२५ इ रामसरण बस्नेतसहित बिभिन्न क्षेत्रका १५ जना बक्ताहरु सहभागी हुनेछन् ।
आन्तरिक पर्यटन प्रवद्र्धन र अमुल्य सम्पदाको प्रचारप्रसारको लागि शनिबार बिहान बसन्तपुर र नुवाकोट एवं जितगढी किल्लाको भ्रमण गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
पत्रकार सम्मेलनमा अर्जुनमान शैजु, बालाराम भट्टराई, महेन्द्रनारायण श्रेष्ठ, सन्दीप कशौधन, डिष्ट्रिकका कोषाध्यक्ष प्रकाशकुमार श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।