२०८१ आश्विन १

शेयर बजारमा ३४.४७अंकको गिरावट, पौने २९ अर्बको कारोबार
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २, आईतवार १०:५० गते

बुटवल २ भदौ ।
आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३४.४७ अंकले घटेको छ । अघिल्लो दिन ३ हजार अंकमा रहेको बजार आइतबार २९६६.३३ विन्दुमा ओर्लेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज १.१४ प्रतिशतले घटेको छ ।
केहीदिन देखि निरन्तर बढेको बजारमा आइतबार करेक्सन भएको जानकारहरुको विश्लेषण छ । आइतबार कारोबारमा आएकामध्ये ४७ कम्पनीको सेयर मूल्य बढ्दा १९७ वटाको घटे । ३ लाख ९ सय १८ वटा कारोबारबाट ६ करोड ५४ लाख ७५ हजार ३ सय ३६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २८ अर्ब ८१ करोड ४१ लाख रुपैया बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि घटेको हो ।