२०८१ आश्विन १

नेप्से १२७ अंकले बढ्यो
  • लुम्बिनी खोज
  • २०८१ भाद्र १७, सोमबार १२:१६ गते

बुटवल १७ भदौ ।
सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १२७.३२ अंकले बढेको छ । आज नेप्से २ हजार ८ सय २३.२५ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से ४.७२ प्रतिशतले बढेको छ ।
आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज १३ अर्ब १० करोड ४४ लाखको भएको छ । आज ३३५ कम्पनीको तीन करोड १४ लाख ३० हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।
आज सबै क्षेत्रका सूचक बढ्दा सबैभन्दा धेरै फाइनान्स समूहको सूचक बढ्यो ।
आज करिब एक दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाइ हाइड्रोपावर, दोल्ती पावर, मल्टिपर्पस फाइनान्स, कालिन्चोक दर्शन तथा मोदी इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।
बुटवल पावरको ९.८, जोशी हाइड्रोको ९.७ प्रतिशत मूल्य बढ्यो ।
कारोबार रकमका आधारमा गुडविल फाइनान्स, अपी पावर, हिमालयन रिइन्स्योरेन्स, अरुणभ्याली हाइड्रोपावर र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।