२०८१ आश्विन ३

सुन प्रतितोला एक लाख ५६ हजार तीन सय
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २८, शुक्रबार ०६:४५ गते

बुटवल २८ भदौ ।
शुक्रबार, सुनको भाउ हालसम्मकै महँगो भएको छ। यस दिन सुन तोलामा ३००० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो।
स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ५६ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यो सुनको हालसम्मकै उच्च मूल्य हो। बिहीबार छापावाला सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ७९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।