२०८१ आश्विन ३

जिप दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २८, शुक्रबार ०७:०१ गते

बुटवल २८ भदौ ।
मध्यपहाडी लोकमार्ग बागलुङमा आज शुक्रबार बिहान भएको जिप दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । घटनामा उनकै आमाको पनि निधन भएको छ । तीन जनाको मृत्यु भए पनि अन्य एक पुरुषको पहिचान खुलेको छैन । दुर्घटना भएको जिप रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको रहेको छ ।