२०८१ पुष १२
बुटवल ३ असोज ।
लुम्बिनी प्रदेश सरकारले संविधान दिवसको अवसरमा रक्तदान र निःशुल्क स्वास्थ्य परिक्षण शिबिर सम्पन्न गरेको छ ।
स्वास्थ्य मन्त्रालयले राजधानी परिसर क्षेत्रमा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, भौतीक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगर लगायत मुल समारोहमा सहभागी अतिथि लगायत स्थानीयले स्वास्थ्य परिक्षण गरेको स्वास्थ्यमन्त्रीका स्वकीय सचिव सुदर्शन पाण्डेले जानकारी दिए ।
संविधान दिवसको अवसरमा प्रदेश मातहतमा रहेका १२ जिल्लाका अस्पतालहरुमा आज एक दिनको लागि निःशुल्क ल्याव परिक्षण, ओपिडि शुल्क समेत निःशुल्क गरिएको छ । मुल समारोहको अवसरमा व्लड प्रेसर, सुगर लगायत एक सय ५० जनाको स्वास्थ्य जाँच गरिएको थियो ।
यस्तै लमही रक्तसञ्चार केन्द्र संगको सहकार्यमा गरिएको रक्तदान शिविरमा २१ पोइन्ट रगत संकलन भएको थियो ।