२०८१ आश्विन ४

व्यवसायीलाई शेयर बजार तथा विमा सम्बन्धी अभिमुखीकरण
  • लुम्बिनी खोज
  • २०८१ आश्विन ४, शुक्रबार १३:४३ गते

बुटवल ४ असोज ।
रुपन्देही व्यापार संघ सूचना प्रविधि वस्तुगत उपसमितिको आयोजनामा बुटवलमा एक दिने शेयर बजार तथा विमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
व्यवसायीहरुलाई शेयर कारोवार तथा विमाका सम्बन्धमा जानकारी दिदै सचेत बनाउने उद्देश्यले कार्यक्रम गरिएको संघले जनाएको छ । कार्यक्रममा संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले कुनै पनि व्यवसायमा संलग्न हुदा त्यसको मान्यता, क्षेत्र र सम्भावनाको बारेमा जानकारी लिएर मात्र हुनु पर्दछ भन्ने कुराको जनचेतना जगाउने उद्देश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरेको बताए ।
उनले शेयर वजार र विमाका विषयमा आम नागरिकहरुमा प्रर्याप्त जानकारी नभएको अवस्थामा त्यससंग सम्बन्धित संस्थाहरुले जनस्तरमा अभियान थाल्नु पर्ने सुझाव दिए ।
कार्यक्रममा नेको इन्सुरेन्स लि.का नायव महाप्रबन्धक रमेशबहादुर थापाले विमा हरेक प्रकारका जोखिममा व्यक्तिले पाउने सुरक्षाको एक अंग भएका कारण यसमा आवद्ध हुने कुरामा सबैको ध्यान जानु पर्ने धारणा राखे ।
कार्यक्रममा महासचिव फर्सुराम पन्थ, शेयर विश्लेषक विक्रम चित्रकार, आर्यतारा इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिज प्रा.लि. बुटवलका शाखा प्रबन्धक टेकराज भट्टराई, सूचना प्रविधि वस्तुगत उपसमितिका वस्तुगत इन्चार्ज रितेश ज्ञवाली, सूचना प्रविधि वस्तुगत उपसमितिका संयोजक रविलाल पोखरेललगायत शेयर बजार तथा विमाका बारेमा धारणा राखेकाम थिए ।
त्यस अवसरमा विमाका सम्बन्धमा नेको इन्सुरेन्स लि.का नायवप्रबन्धक रमेशबहादुर थापा र शेयरका विषयमा शेयर विश्लेषक विक्रम चित्रकारले प्रकास पारेका थिए ।