२०८१ आश्विन ६

मेडिकल व्यवसायी दुर्गा प्रसाईं घरबाटै पक्राउ
  • लुम्बिनी खोज
  • २०८१ आश्विन ६, आईतवार ११:२९ गते

काठमाडौँ,६ असौज ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । प्रसाईंलाई भक्तपुरमा रहेको उनकै घरबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारमा रहेको उनको घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेको थियो । जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।