२०८१ माघ ३

लुम्बिनी प्रदेशमा तीन दिनमा विपद्का २९ घटना,एकको मृत्यु, एक वेपत्ता, तीन घाइते
  • लुम्बिनी खोज
  • २०८१ आश्विन १३, आईतवार १३:५० गते

बुटवल १३ असोज ।
लुम्बिनी प्रदेशमा पछिल्लो तिन दिनमा विपद्का २९ वटा घटना घटेका छन् । पहिरो, अधिक बर्षा, डुबान लगायतका २९ वटा घटना घटेको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए। असोज ११ गते देखी १३ गते सम्म एक जनाको मृत्यु भएको छ ।
बाँकेमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ भने घाईते ३ जना भएका छन् । गुल्मिमा दुई जना र बाँकेमा एक जना घाईते भएको र नवलपरासी वर्दघाट सुस्ताका एक जना वेपत्ता भएको मन्त्रालयले जनाएको छ । बाढी, पहिरोमा परेर १७ वटा घर पूर्णरुपमा क्षती भएको छ भने एक सय ६१ वटा घरमा आंशिक क्षती भएको छ । एउटा सरकारी भवन पूर्ण क्षती भएको छ भने ३ वटा भवनमा आंशिक क्षती भएको छ । घरहरुमा क्षती हुदा ९० लाख ९० हजार क्षती भएको प्रारम्भिक विवरण संकलन भएको छ । यसका साथै बाढी र पहिरो प्रभावित एक सय ९ जना भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पा जिल्लाका बाढी तथा पहिरो प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको हो ।
बाढी, पहिरोबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको र पुर्नस्थापनाको काम अघि बढेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी पाण्डेले जानकारी दिए । उनका अनुसार बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानीयहरु सार्वजनिक भवन, छिमेकी तथा आफन्तको घरमा बसेका छन् ।