२०८१ माघ ११

रुपन्देही उद्योग संघको ४६ औं वार्षिक साधारणसभा
  • लुम्बिनी खोज
  • २०८१ आश्विन १९, शनिबार १२:२४ गते

बुटवल १९ असोज ।
उद्योगमैत्री नीति नबन्दा समस्यै समस्या झेल्नु परेको गुनासो उद्योग क्षेत्रका अगुवाहरुले गरेका छन् । उद्योग स्थापना गर्न जग्गाको अभाव, भन्सारदेखि अन्य कर प्रणाली सम्ममा रहेका कतिपय समस्याहरुको उठान गर्दै तत्काल सुधार गर्न उनीहरुले माग गरेका छन् ।
रुपन्देही उद्योग संघको ४६ औं वार्षिक साधारण सभामा शनिवार बुटवलमा वोल्दै अगुवा उद्योगी ब्यवसायीहरुले कानुनमा सुधार गर्न तथा भन्सारका समस्याहरु सुधार गर्न ध्यानाकर्षण गराए । बढ्दो आर्थिक संकटका कारण कतिपय उद्योग धन्दा बन्द हँुदै गएको २४ घण्टा चल्ने उद्योगहरू ८ घण्टा पनि चल्नसक्ने अवस्थामा नरहेका कारण उत्पादन क्षमतामा पनि ह््रास आएको तथा मजदुर र कर्मचारी कटौती भएको अवस्था चित्रण गर्दै आर्थिक क्षेत्रमा सुधार ल्याउन तीन तहका सरकारहरु गंभिर बन्नुपर्ने धारणा उनीहरुले राखे ।
कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष तथा संघका पूर्व अध्यक्ष एजाज आलमले उद्योग क्षेत्रमा थुप्रै समस्या रहेको बताए । भन्सारमा अनियमितता हुने गरेको भन्दै अनियमितता रोक्नुपर्ने उनले बताए । औद्योगिक क्षेत्रको स्थापना र विकासमा ध्यान दिनुपर्ने भन्दै आलमले समयमा ध्यान नदिए मुलुकको आर्थिक क्षेत्रको समस्या झन जटिल हुदै जाने बताए ।
संघका अर्का पूर्व अध्यक्ष गणेशप्रसाद अधिकारीले उद्योगमैत्री कानुनहरु नवनेको धारणा राख्दै उद्योग क्षेत्रमा सुधार गर्न सरकारको ध्यानाकर्षण गराए । देशमा लगानीको वातावरण नवन्दा र युवाहरु पलायन हुदै जादा त्यसको असर उद्योग क्षेत्रमा परेको भन्दै उनले लगानीको वातावरण बनाउन पनि आग्रह गरे ।
संघका अध्यक्ष दिलिप सापकोटाले स्पष्ट औद्योगिक नीति बन्न नसक्दा प्रयाप्त औद्योगिक क्षेत्रको अभावमा उद्योगीहरु ठूलो आर्थिक बोझ र झन्झटमा परेको बताए । उनले उद्योग व्यवसायहरूलाई उकास्न राज्यका नीति र विधिमा सुधार ल्याउन माग गरे । त्यस्तै भैरहवा स्थीत अन्तर्राष्ट्रिय विमास्थल, बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्रलाई पूर्ण रूपमा तत्काल संचालनमा ल्याउन नीतिगत व्यवस्था गर्न पनि माग गरे ।
उद्योगमैत्री कानुन बनाउन प्रदेश सरकार तयारः मुख्यमन्त्री आचार्य


लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले उद्योगमैत्री कानुन बनाउन प्रदेश सरकार तयार रहेको बताए । उनले प्रदेश सरकारले बनाएका कानुनबाट उद्योगी ब्यवसायीलाई समस्या भएको भए वुद्धागत सुझाव दिन आग्रह गर्दै त्यस्ता कानुन संशोधन गर्ने आश्वसन दिए । व्यवसायीहरुलाई पर्ने कानुनी जटिलताको काँठो फुकाउन सरकार तयार रहेको उल्लेख गर्दै भने, ‘प्रदेश सरकारले बनाएका कानुनबाट यहाँहरुलाई काम गर्न गर्ने सन्दर्भमा कुनै समस्या परेको छ भने त्यसलाई सहजीकरण गरेर, त्यो कानुनलाई संशोधन गरेर उद्योगीमैत्री बनाउनको निमित्त प्रदेश सरकार तयारछ, तपाईहरुलाई परेका कानुनी समस्याहरु, ति बाधा अड्चनहरुलाई फुकाउन हामी तयार छौं । त्यस्ता कानुनहरुमा समस्या देखा परेका छन् भने समयमा बुदागत रुपमा सुझाव राख्न सक्नुहुन्छ ।’
मुख्यमन्त्री आचार्यले लगानीमैत्री वातावरण बनाउन तीन तहकै सरकार प्रतिबद्ध भएर लाग्ने समेत बताए । उद्योगी, व्यवसायीको उत्साह संग प्रदेशको समग्र विकासको सम्वन्ध जोडिएको भन्दै मुख्यमन्त्री आचार्यले सरकारले उद्योगीमैत्री नीति अलवम्बन गरेको बताए ।
कार्यक्रममा संघीय सांसद वासुदेव घिमिरे, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधि खरेललगायतले आर्थिक क्षेत्रका बारेमा चर्चा गरेका थिए ।