२०८१ पुष १५
बुटवल २१ असोज ।
बुटवल उद्योग वाणिज्य संघमा दुइजना परामर्शदाता तथा एक जना कार्यसमिति सदस्य मनोनित गरिएको छ । संघको सोमबार बसेको कार्यसमितिको बैठकले बैंक तथा वित्तिय क्षेत्रको परामर्शदातामा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल मनोनित गरेको छ । त्यस्तै उद्योग क्षेत्र परामर्शदातामा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बुटवलका कार्यालय प्रमुख प्रकाश अधिकारीलाई मनोनित गरेको छ ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले बुटवलका ढाका उद्योगी महेशप्रसाद श्रेष्ठलाई रिक्त उद्योग तर्फको कार्यसमिति सदस्य पदमा मनोनित गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए ।
त्यसैगरी यस वर्ष आगामी पुसको ३ देखि १८ गतेसम्म संघले सञ्चालन गर्ने औद्योगिक व्यापार मेला–२०८१ का सम्वन्धमा समेत छलफल भएको छ । बैठकमा संघको हालै सम्पन्न ७१ औं वार्षिक साधारण सभाको समिक्षा गर्दै पुसमा सञ्चालन गर्ने औद्योगिक व्यापार मेलालाई उत्कृष्ट बनाउने निर्णय गरिएको संघले जनाएको छ ।