२०८१ कार्तिक ६

पूर्वडिआइजी जोशीलाई बयानका लागि भैरहवा ल्याइयो
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक ५, सोमबार १३:०८ गते

बुटवल ५ कात्तिक ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही ल्याइएको छ। सोमवार दिउसो रुपन्देही ल्याइएका उनीसग सरकारी वकिलको कार्यालयमा बयान लिने काम भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालले जोशीलाई सोमबार दिउँसो वुद्ध एयर मार्फत रुपन्देहीको भैरहवा ल्याइएको थियो । भैरहवा ल्याएपछि भैरहवा स्थीत सरकारी वकिलको कार्यालयमा लगिएको थियो । जोशीसग दिउसो ४ बजेबाट वयान लिने काम शुरु भएको छ ।
वयान जारी रहेको र आज भैरहवा नै राखिने संभावना बढी रहेको छ ।पोखराको सूर्यदर्शन सहकारीसँगै बुटवलको सुप्रिम सहकारीबाट पनि करोडौं रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगिएकोबारे अहिले अनुसन्धान भइरहेको छ। गोर्खा मिडिया नेटवर्क प्रालिका साझेदार रहेका जोशी संसदीय छानविन समितिले गरेको कारबाही सिफारिसपछि गत असोज ६ गते पक्राउ परेका थिए।