२०८१ कार्तिक ९

रुपन्देहीमा रवि लामिछानेसहित १२ जना विरुद्ध पक्राउ पुर्जी जारी
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक ८, बिहीबार १५:४३ गते

बुटवल ८ कात्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी भएको छ । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न उनीसहित १२ जना लाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो । संगठीत रुपमा सहकारी ठगी सम्बन्धी कसुरमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ को उपदफा (३) बमोजिम पक्राउ गर्न अनुमति दिएको अदालतले जनाएको छ ।
सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो ।
रास्वपा सभापति लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन् । पहिलो पटक पाएको ६ दिनको म्याद सकिएपछि प्रहरीले थप ७ दिन हिरासतमा राख्न कास्कि जिल्ला अदालतबाट बिहिवार अनुमति लिएको छ ।