२०८१ मंसिर ९
काठमाण्डौं २५ कात्तिक ।
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री तथा कोशी प्रदेशका सांसद लीलाबल्लभ अधिकारीलाई थुनामा राख्न अदालतले प्रहरीलाई दुई दिनको म्याद दिएको छ ।उनी नेकपा एमालेका प्रदेशसभा सदस्य हुन् ।
मानव बेचबिखन तथा ओसारपसार र लिखत किर्ते मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति प्रहरीले पाएको छ ।
उनलाई प्रहरीले आइतबार विराटनगरस्थित घरबाटै पक्राउ गरेको हो । जापान जाने क्रममा तीनजना व्यक्तिलाई नक्कली परिचयपत्र बनाएर तस्करी गर्ने प्रयास गरेको अभियोग उनीमाथि छ ।
जापानमा आफूसँगै असम्बन्धित मान्छेलाई लगेर मानव तस्करी गरेको अभियोग उनीमाथि छ । उनीसहितका केही व्यक्तिलाई जापानको अध्यागमनले फिर्ता पठाइदिएसँगै यो विषय बाहिरिएको थियो । सोही प्रकरणमा पक्राउ परेका ६ जनाको बयानको आधारमा उनलाई पनि प्रहरीले आइतबार विराटनगरबाट पक्राउ गरेर काठमाडौँ ल्याएको हो ।