२०८१ मंसिर ६
बुटवल २८ कात्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग रुपन्देहीमा साढे १२ घण्टा सम्म बयान लिइएको छ । सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका उनीसग भोलि बिहिवार पनि बयान लिने प्रहरीले जनाएको छ । पहिलो दिन मंगलवार ३ घण्टा ३५ मिनेट र बुधवार ९ घण्टा गरी साढे १२ घण्टा सम्म बयान लिएपनि उनीसग बयान लिने काम अझै नसकिएको प्रहरीले जनाएको हो ।
दोस्रो दिन बुधवार सरकारी वकिलको कार्यालय रुपन्देहीमा विहान सवा १० बजेबाट साझ ७ बजेर १० मिनेट सम्म बयान लिइएको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिबक्ता प्रेमराज पौडेलले बताए ।
सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका उनलाई सरकारी वकिलको कार्यालयमा वयान लिइएको हो ।
बुधवार पनि बयान पछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही लगिएको जिप्रकाका प्रमुख प्रहरी उपरिक्षक रन्जित सिंह राठौरले बताए । बुधवार बयान नसकिएकाले जिप्रकामा राखिने र बिहिवार वकिल कार्यालयमा उपस्थीत गराइने उनले बताए ।
कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कास्की लगिएको थियो । कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बयानका लागि मंगलवार भैरहवा ल्याइएको थियो ।
सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका लामिछानेलाई आइतबार मात्रै कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो । सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न रुपन्देही ल्याएको हो ।