२०८१ माघ १५
बुटवल ४ मंसिर ।
लुम्बिनी प्रदेश सभा प्रदेश मामिला तथा कानुन समितीको आयोजनामा उत्तर बिधायिकी परीक्षण सम्बन्धी कार्यशाला दाङको लमहीमा सुरु भएको छ ।
समिती सभापति दिल कुमारी बुढाको अध्यक्षता,सचिब दुर्लभ कुमार पुनको स्वागतमा कार्यक्रम भएको छ । उक्त कार्यशालाको लुम्बिनी प्रदेशका माननीय सभामुख तुलाराम घर्ती मगरले शुभारम्भ गर्दै कानुन कार्यान्वयनको अवस्था जानकारी पाउन र कार्यान्वयन गराउन उत्तर बिधायिकी परिक्षण आवश्यक रहेको बताए । सोही आवश्यकता बोध गरि प्रदेश सभाले उत्तर बिधायिकी परिक्षण सम्बन्धी कार्याशाला गोष्ठी , तालिम र छलफलको सुरुवात गरिएको उनले बताए । वेस्ट मिनिस्टर फाउन्डेसन फर डेमोक्रेसीका नेपाल निर्देशक दिनेश वाग्लेले उत्तर बिधायिकी परिक्षण परिचय र अन्तर्राष्ट्रिय अभ्यास, बिधायिकी प्रक्रियामा यसको महत्त्व र अभ्यास विषयमा, राष्ट्रिय सभा बिधायन समितीका पुर्ब सभापती परशुराम मेघी गुरुङले , प्रत्यायोजित बिधायन र कार्यान्वयनकारी निकायको भुमिका विषयमा, राष्ट्रिय सभा सार्बजनिक नीति तथा प्रत्यायोजित बिधायन समितीका पुर्ब सभापति रामनारायण विडारी, न्याय सेवा तालीम केन्द्रका पुर्ब प्रमुख डा. अर्जुन कुमार खडकाले सहजीकरण गर्ने छन् । डब्लूएफडिसंगको सहकार्यमा भएको उक्त कार्याशालामा समितीका सदस्यहरुको सहभागीता रहेको छ ।