२०८१ मंसिर ८
बुटवल ।
बुटवल हस्पिटल प्रा.लि.ले बैक तथा वित्तीय संस्थाहरुसंगको सहकार्यलाई अघि बढाएको छ । हस्पिटलले कुमारी बैक लिमिटेड र लक्ष्मी विकास बैकसंग उपचार सहकार्यमा हस्ताक्षर गरेको छ । एक समारोहका विच बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्न प्रसाद पौडेलले हस्ताक्षर गरे । अस्पताल र बैकहरु विचको सहकार्यले दुवै पक्षको बजार प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सो अवसरमा अध्यक्ष पौडेलले उपचारका लागि बुटवलबाट बाहिर जान नपर्ने अवस्थाको श्रृजनाका लागि अस्पताल लागि परेको बताए । उनले सबैको सहयोगले मात्र बुटवललाई मेडिकल हवका रुपमा चिनाउन सकिने धारणा राखे । उनले यस्तो सहकार्य यस क्षेत्रका सघ संस्था, उद्योग प्रतिष्ठान,शैक्षिक संस्था लगायत सबैसंग हुने बताए ।
सो अवसरमा कुमारी बैकका प्रदेश प्रमुख चेतकान्त जैशी बञ्जाडे, बुटवल शाखा प्रमुख अम्बिका प्रसाद बस्याल, बुटवल हस्पिटल प्रा लिका उपाध्यक्ष ललित प्रसाद खरेल, हस्पिटलका जनरल म्यानेजर देवेश कर्ण, अप्रेशन प्रमुख सरोज चौधरी, बजार शाखाका आदित्य आचार्य, सुमन तिमिल्सीना, लगायतको सहभागिता थियो ।
त्यसैगरि हस्पिटलले लक्ष्मी शनराईज बैक लिमिटेडसंग पनि सम्झौता गरेको छ । सो अवसरमा बैकका लुम्बिनी प्रदेश प्रमुख ओम प्रकाश कंडेल, बुटवल अमरपथ शाखा प्रमुख विजय गौतमलगायतले बैकको तर्फबाट हस्ताक्षर तथा धारणा राखेका थिए । सम्झौता संगै दुबै बैकका स्टाफहरु तथा सेवाग्राहीहरुलाई बुटवल हस्पिटलले उपचार सुविधा प्रदान गर्ने भएको छ ।