२०८१ मंसिर ९

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
  • लुम्बिनी खोज
  • २०८१ मंसिर ९, आईतवार १२:१२ गते

पोखरा ९ मंसिर ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले १५ दिन म्याद थप गरेको छ। आइतबार न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
पछिल्लोपटक गत २५ कात्तिकमा थपिएको १३ दिनको म्याद सकिएपछि आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो । सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न भन्दै उनी २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए । उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।