२०८१ पुष ८

बेरुजु नहुने गरी काम गरौंः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८१ पुष ८, सोमबार ११:५७ गते

बुटवल ८ पुस ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम गर्न प्रदेश सरकारले बेरुजु हुनै नदिनेगरी काम गर्ने बताएका छन् । महालेखापरीक्षकको कार्यालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा सोमवार राप्ती उपत्यका देउखुरीमा गरेको लेखापरीक्षण, बेरुजु फछ्र्यौट र सम्परीक्षण सम्वन्धि प्रदेशस्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई सम्वोधन गर्दै उनले बेरुजु फछ्र्यौटलाई प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायलाई निर्देशन दिए ।‘सुरुका दिनमा बेरुजु थिएन । विचमा बेरुजु बढेर गयो । त्यसलाई घटाउन जरुरी छ’उनले भने,‘सुशासन र जवाफदेहीता कायम गर्न बेरुजुलाई शुन्यमा झार्ने सरकारले रणनीति बनाएको छ ।’
बेरुजु घटाउन कर्मचारीको कार्यसम्पादन मुल्यांकनमा बेरुजु फर्छौटलाई अनिवार्य समेटनुपर्ने मुख्यमन्त्री आचार्यले बताए ।‘कर्मचारीको कार्यसम्पादन मुल्यांकनको एउटा आधार बेरुजु फछ्र्यौलाई बनाउनुपर्छ’उनले भने,‘अनि कर्मचारी तहबाट यसलाई चासोको रुपमा लिने हुन्छ ।’
प्रदेश सरकारले बेरुजुलाई घटाउने बिषय रणनीतिक योजनाहरुमा समेटेर अघि बढाएको, कर्मचारी तहमा जारी गरेको १४ बुदे निर्देशनले समेत सम्वोधन गरेकाले आगामी दिनमा सुधार हुने विश्वास व्यक्त गरे ।
महालेखा परिक्षक तोयम रायले सुशासन कायम गर्ने भूमिकालाई प्रभावकारी बनाउन बेरुजु फछ्र्यौटलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।‘बेरुजु नआउनेगरी यहाँहरुले काम गर्न जरुरी छ । यसका लागि बनाएका नीति नियमको अधिनमा रहेर कार्यम्पादन गर्न जरुरी छ’उनले भने,‘आर्थिक अनुशासन कायम नहुदा सम्म सुशासन कायम हुन सक्दैन । यसलाई ख्याल गर्न जरुरी छ ।’