२०८१ चैत्र ४

मेलामा विद्यालय स्तरीय लोक नृत्यमा अक्सफोर्ड प्रथम
  • लुम्बिनी खोज
  • २०८१ पुष १३, शनिबार १३:५३ गते

बुटवल १३ पुस ।
बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा गरिएको विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा अक्सफोर्ड माध्यमिक विद्यालय प्रथम भएको छ । त्यसैगरी एभरेष्ट बोर्डिङ द्वितीय, इन्टलेक्च्यूअल एकेडेमी तृतीय र कान्ति माध्यमिक विद्यालय सान्त्वना भएका छन् ।
प्रतियोगितामा प्रथम भएको अक्सफोर्डलाई २५ हजार, द्वितीय हुने एभरेष्टलाई १५ हजार, तृतीय हुने इन्टलेक्च्यूअललाई १० हजार र सान्त्वना हुने कान्तिलाई ५ हजार रुपैया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ । मेलामा शनिबार लोक तथा दोहोरी गायिका शान्तिश्री परियार, दामोदर बस्याल, शिलु भट्टराई, योगराज पोखरेल, गणेश अधिकारी, हास्य कलाकार कमल भट्टराई र विजय बमरेल तथा डान्सर निष्ठा पुन र मनिसा बस्यालको प्रस्तुती रहेको सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराए । त्यस्तै खुला लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल लगायतका प्रतियोगिता भएका छन् ।
मेलामा भोली (आईतबार) गायक राजनराज सिवाकोटी, लोक तथा दोहोरी गायक वैकुण्ठ महत, विष्ण श्रीपाली, लोकेन्द्र सापकोटा, मिसन भुसाल, हास्य कलाकार विष्णुजी पाण्डे, डान्सर साहिर केसी लगायतका कलाकारहरुको प्रस्तुती रहनेछ । त्यस्तै खुल्ला लोक दोहोरी प्रतियोगिता र डान्स च्याम्स अफ बुटवल हुनेछ ।
पुस ३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने मेलामा ५ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।