२०८१ पुष १७
बुटवल १४ पुस ।
साताको पहिलो दिन सेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.१२ अंकले घटेको हो । आज नेप्से परिसुचक दुई हजार ६०९.५८ विन्दुमा कायम भएको छ ।
आज ३१६ कम्पनीको एक करोड १० लाख ९९ हजार २३९ कित्ता सेयर ६६ हजार सात सय ७४ पटक खरिद–बिक्री भएका छन् । आज रु. पाँच अर्ब ४७ करोड ४८ लाख ६८ हजार ७६४ बराबरको कारोबार भएको छ ।
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको रु. २६ करोड १० लाख ८२ हजार ६६४ बराबरको १० लाख ६५ हजार ६५५ कित्ता सेयर किनबेच भएको छ ।