२०८१ पुष १८

बसन्तपुरमा प्राणी शास्त्र अनुसन्धानकर्ताको राष्ट्रिय सम्मेलन
  • लुम्बिनी खोज
  • २०८१ पुष १५, सोमबार ०९:०७ गते

बुटवल १५ पुस ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वातावरणी सन्तुलन कायम राख्न प्रदेश सरकारले हरेक क्षेत्रबाट सहकार्य गर्ने बताएका छन् ।
पाल्पाको बसन्तपुरमा प्राणी शास्त्र सम्बन्धी राष्ट्रिय सम्मेलनलाई सोमवार सम्बोधन गर्दै उनले पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न प्रदेश सरकारले हरेक क्षेत्रबाट सहकार्य गर्ने बताएका हुन् । वातावरणीय सन्तुलन जरुरी छ । पारिस्थितिक प्रणालीलाइ जोगाउन छ । यसकालागि लुम्बिनी प्रदेशमा यहाँहरुले गर्ने खोज अनुसन्धानबाट प्राप्त नतिजालाइ आधार मानेर सरकारले आफ्ना नीति, कार्यक्रम बनाउछ, उनले भने,लुम्बिनी प्रदेश जैविक विविधताले धनी छ । यसलाई बचाइराख्न जरुरी छ । लोपन्मुख जिवजन्तुको संरक्षण जरुरी छ । मानिस जीवनको अस्तित्व जोगाउन पनि पारिस्थितिक प्रणाली संरक्षण गर्न जरुरी छ । विकास र समृद्धिको आधारको रुपमा वातावरणीय क्षेत्र रहेको, यसको संरक्षण र मितव्ययि सदुपयोगबाट दिगो विकासको आधार निर्माण गर्न सकिने उनले बताए ।
प्राणी शास्त्र केन्द्रीय विभाग र नेपाल जोलोजिकल सोसाइटीको संयुक्त आयोजनामा नेश्नल कंग्रेस अफ जोलोजि सुरु भएको छ । प्राज्ञिक, बैज्ञानिक, अनुसन्धानकर्ता र विद्यार्थीहरुलाई प्राणी विज्ञानको सबै पक्षमा अनुसन्धानको निश्कर्ष प्रस्तुत गरिएको नेपाल जोलोजिकल सोसाइटिका अध्यक्ष प्राध्यापक प्रा.डा. महेन्द्र महर्जनले बताए ।
सम्मेलनमा जैविक विविधता र पारिस्थितीक प्रणाली, मानव बन्यजन्तु द्वन्द र न्युनिकरण लगायतका विषयमा छलफल भइरहेको छ । सम्मेलनमा देशभरबाट १५० भन्दा बढि प्राणीशास्त्रीहरुको सहभागीता रहेको छ ।