२०८१ माघ १७

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउन उचित नहुने एमाले उपमहासचिव ज्ञवालीको भनाई
  • लुम्बिनी खोज
  • २०८१ माघ १६, बुधबार १३:४२ गते

बुटवल १६ माघ ।
नेकपा एमालेको उपमहासचिव प्रदीप कुमार ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनु उचित नभएको धारणा राखेका छन् ।
प्रेस चौतारी रूपन्देहीले बुधवार बुटवलमा गरेको पत्रकार सम्मेलनमा उनले पूर्व राष्टपति भण्डारीलाई पार्टीको सकृय राजनीतिमा ल्याउनेबारेमा कुनै छलफल पनि पार्टी भित्र नभएको बताए । राष्ट्रप्रमुख, उपप्रमुख भइसकेका ब्यक्तित्वहरु पार्टीको सकृय राजनीतिमा आउनुलाई राम्रो नमानिने तर्क उनको छ ।आम नेपालीले पनि यसलाईै उचित मान्न नसक्ने धारणा पनि उनले राखे । ‘संवैधानिक राष्ट्रप्रमुख कुनै पार्टीको राजनीतिमा फर्किने कुरा उचित होइन, एमालेमा पनि केही चर्चा बजारमा सुनिएको छ, तर विद्या भण्डारी आफै नै राजनीतिमा आउनुहुन्छ भन्ने मलाई लाग्दैन त्यो राम्रो पनि होइन’, उनले भने, ‘ सामान्य अवस्था एमालेलेमा त्यो संभव मैले देख्दैन, असामान्य अवस्थामा तत्काल सल्लाह हुने कुरा फरक हो, अध्यक्षको प्रतिस्पर्धा गर्ने गरी आउने भन्ने कुरा सत्य होइन अनुमान मात्रै हो ।’
एमाले नेता ज्ञवालीले विकासको कामले गति लिन थालेको राजनीतिक स्थीरता तीर मुलुक अगाडी बढेको पनि दावी गरे । देशमा स्थायित्वका लागि ठूला दल मिलेर सरकार चलाएको भन्दै उनले अहिलेको गठबन्धन पछि निराशा चिर्नेगरी सरकारले काम गरेको बताए । मुलुक स्थीरता तर्फ अगाडी बढ्दा अस्थीरतामा रमाउनेहरुमा छटपटी भएको भन्दै ज्ञवालीले अस्थीरताका खेलाडीहरुलाई जनताको साथ नरहने बताए । सामाजिक सन्जाल नियमनको विधेयकले सबैलाई मर्यादामा राख्ने, प्रेस स्वतन्त्रता कायम गर्ने र गलत सूचनाबाट सबैलाई जोगाउने उनको तर्क छ । सत्यको रक्षाका लागि विधेयक आएको भन्दै यसले सही सुचना जोगाउने ज्ञवालीले बताए । प्रेस स्वतन्त्रताको आडमा अराजकताको रक्षा गर्न नहुने धारणा उनको छ ।