२०८२ असार १८

कारागार स्थानान्तरण गर्न मेयर खाँको पहल
  • लुम्बिनी खोज
  • २०८१ फाल्गुन १९, सोमबार ०८:१९ गते

बुटवल, १९ फागुन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ९मेयर० इश्तियाक अहमद खाँले भैरहवामा रहेको जिल्ला कारागार स्थानान्तरणका लागि गृहमन्त्री रमेश लेखकसँग सम्वाद गरेका छन् । रुपन्देहको जिल्ला कारागार जिल्ला सदरमुकामस्थित सिद्धार्थनगर ९भैरहवा० मा छ ।
घना बस्तीको बीचमा कारागार हुँदा विभिन्न समस्या भएको तथा नगरको सुन्दरतामा समेत नकारात्मक प्रभाव परेको भन्दै मेयर खाँले सोमबार स्थानान्तरण गर्न गृहमन्त्री लेखकसँग आग्रह गरेका हुन् । उनले कारागारको जग्गा नगरपालिकालाइ दिनुपर्ने र सोको सट्टा नगरपालिकाले कारागारलाई अन्यत्र जग्गा दिने जानकारी गृहमन्त्री लेखकलाई गराएका थिए ।
जवाफमा गृहमन्त्री लेखकले कारागारको नयाँ बन्ने भवनका लागि बजेटको सुनिश्चितता गरेर स्थानान्तरण गर्ने आश्वासन दिए । मेयर खाँको प्रस्ताव सकारात्मक र समयसापेक्ष रहेको उल्लेख गर्दै उनले भवन निर्माणको लागि आगामी बजेटमा पहल गर्ने जानकारी दिए । भेट पछि मेयर खाँने शहरको बिचबाट कारागार स्थानान्तरण गर्न गृहमन्त्रीसगं सकारात्मक रहेको उल्लेख गर्दै नगरपालिकाले पटखौलिमा ल्याण्डफिल्ड साईटका लागी नगरपालिकाले खरीद गरेको ६ बिगाह जग्गा कारागारलाई दिन सकिने जानकारी दिए । यसकालागी तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको पालामा प्रक्रिया अगाडी बढेको र त्यसलाई मुर्त रुप दिन बर्तमान गृहमन्त्रीसगं आग्रह गरेको उनले बताए ।
ल्याण्डफिल्ड साईटकालागी खरीद गरिएको जग्गामा स्थानियले अवरोध गरेपछि उक्त योजना अगाडी बढ्न सकेको छैन । हाल नगरपालिकाले फोहोर ब्यबस्थापनको लागी निजि क्षेत्रसगं साझोदारी गरी अगाडी बढ्ने गरी प्रस्ताव आह्वान गरेको छ ।साझेदारीकालागी दुईबटा फर्मले प्रस्ताव पेश गरेका छन । अन्तिम सुनचा प्रकाशनकोलागि कार्यबिधी निमार्ण भैरहेको र फोहोरको दिर्घकालिन व्यवस्थापन छिट्टै अगाडी बढ्ने पनि मेयर खाँले जानकारी दिए ।