२०८२ बैशाख २५
बुटवल, २३ बैशाख ।
वामपंथी नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । नेपालको ७१ वर्षको उमेरमा मंगलवार थापाथली स्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
लामो समयदेखि उनी पार्किन्सन रोगबाट ग्रसित रहेका थिए । उनी केही दिन अघि नर्भिक अस्पतालमा भर्ना भएका थिए । तर सोमबार नेपालको स्वास्थ्य अवस्था बिग्रिएपछि आईसीयू ९सघन उपचारकक्ष० मा सारेर उपचार गरिएको थियो ।
नेपाल २०५१ सालमा मनमोहन अधिकारीको सरकारमा नेकपा एमालेका तर्फबाट शिक्षा मन्त्री रहेका नेपाल पछिल्लो समय भने राजनीतिमा सक्रिए थिएनन । नेपाल साहित्यकारका रुपमा समेत परिचित छन् ।