२०८२ बैशाख ३०

स्वर्गद्धारी शवदाह गृहको जिर्णोद्धार तीव्र
  • लुम्बिनी खोज
  • २०८२ बैशाख २६, शुक्रबार १२:१२ गते

भैरहवा २६ बैशाख ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्वर १२ स्थित स्वर्गद्धारी घाटमा रहेको शवदाहगृहको जिर्णोद्धारको काम तिव्र पारिएको छ ।
शवदाहगृहका मेसिनहरु जिर्ण भएपछि लामो समयदेखी उक्त शवदाहगृह सचांलन हुन सकेको थिएन । जसका कारण शव जलाउनमा समस्या भएको थियो । सामान्य मर्मतले काम नचल्ने अवस्थामा रहेका कारण निमार्णमा ढिलाई भएको थियो । उक्त समस्या निराकरण गर्न नगरपालिकाले गत शुक्रवार निमार्ण कम्पन्नीसगं सम्झौता गरेको छ । सम्झौता पश्चात कम्पनीले काम धमाधम गरीरहेको र छिट्टैनै शवदाहगृह सचांलनमा ल्याउने तयारी भैरहेको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए ।
मर्मत एवं जिर्णेदारकालागी युरोटेक नेपाल प्रालिसगं सम्झौता भएको हो । नगर प्रमुख खाँले गुणस्तरीय रुपमा काम सम्पन्न गर्न निर्देशन दिएका छन । निमार्ण कम्पनीले सम्झौता लगत्तै काम सुरु गरेको हो । निर्माण कम्पनिका संचालक पशुपति आचार्यले समयमै गुणस्तरीय रुपमा काम सक्ने प्रतिबद्धता जनाएका छन् ।