२०८२ बैशाख २७

रुरुक्षेत्र धाममा शालग्राम महोत्सव सुरु
  • लुम्बिनी खोज
  • २०८२ बैशाख २६, शुक्रबार १२:२५ गते

बुटवल २६ बैशाख ।
रुरुक्षेत्र धाममा शुक्रबारदेखि प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव २०८२ शुरु भएको छ । नेपालका चार प्रमुख धार्मिक धामहरूमध्ये एक धाम रुरुक्षेत्रमा शालग्राम दिवसको अवसरमा पर्यटन डिभिजन कार्यालय रुपन्देही र तानसेन नगरपालिकाको सहकार्य तथा हृषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा विविध धार्मिक, सांस्कृतिक तथा पर्यटनमूलक कार्यक्रम समावेश गरिएको छ । रुरुक्षेत्र ऐतिहासिक, धार्मिक तथा प्राकृतिक रूपमा महत्वपूर्ण स्थलमा आयोजना गरिएको महोत्सवले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार भइ पर्यटनको विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ । २ दिन सम्म चल्ने महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएका स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेर सरकारले विशेष ध्यान दिएको बताए ।
उनले आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउने गरी सरकारले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेको पनि बताए ।
‘घुम्न जाऔं बर्दिया’, ‘पाणिनि तपोभूमि सम्मेलन’ र ‘रुरु शालग्राम महोत्सव’ यही उद्देश्यका साथ आयोजना गरिएको उनको भनाइ छ ।