२०८२ जेष्ठ २९

प्रेस सेन्टर नेपालद्धारा आयोजित समावेशी पत्रकारिता क्षमता विकास तालिम सम्पन्न
  • लुम्बिनी खोज
  • २०८२ जेष्ठ २७, मंगलवार १४:५८ गते

बुटवल,२७जेठ ।
प्रेस सेन्टर नेपालको आयोजनामा र बुटवल उपममहानगरको सहयोगमा सञ्चालित तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सम्पन्न भएको छ ।
मंगलबार भएको समापन समरोहमा बोल्दै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पत्रकारहरुले जनताको पक्षमा लेख्ने आँट नगर्ने हो भने समाज अन्धकार हुने बताए । संसारभर नै पश्चगामी शक्तिको उदय हुने परिस्थिति निर्माण हुँदै गइरहेको उल्लेख गर्दै नेता बरालले समाजलाई अगाडी वढाउन पत्रकारहरु सचेत हुनु पर्ने बताए । शोषकहरु दलाल विचौलियाको प्रभावमा परेर श्रमजिबि बर्गको रोजिरोटी खोस्न उद्धत रहेको बताउँदै श्रमजिबि बर्गको पक्षमा कलम चलाउन आग्रह गरे ।
बुटवल उपमहानगर उपप्रमुख सावित्रा देवी अर्यालले बुटवल उपमहानगरपालिकाले उपमाहानगरले पूर्वाग्रह रहित ढंगले काम गरेको बताइन । विगतमा जस्तो समाचार लेखेकै भरमा जेल बस्नु पर्ने अवस्था नरहेको बताउँदै उनले नगरपालिकाले सकारात्मक कामको प्रचार प्रसार र कमजोरीको खबरदारी गर्न आग्रह गरिन । उपप्रमुख अर्यालले राजाबादी समुहले विभिन्न क्रियाकलाप गर्न थालेका कारण सबै पक्ष एकजुट हुनु पर्नेमा जोड दिइन ।

प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय उपमहासचिव यानेन्द्र जिसिले सिकाइका लागि कहिल्यै पछि हट्न नहुने बताए । पत्रकारिता गर्न प्रत्येक दिन अपडेट हुनु पर्ने उल्लेख गर्दै उनले विभिन्न समयमा हुने तालिमले पत्रकारितालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रमेश पोख्रेल, प्रशिक्षार्थीहरु निर्मला सुनार र विवेक शर्माले बोल्दै तालिम प्रभावकारी भएको बताए । उनिहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिए ।
सोही अवशरमा प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्यमा निर्वाचित हुने सरु राना, रमेश पोख्रेल र सञ्जय सौगात र संगठनको प्रदेश सदस्यमा निर्वाचित रमेश गैरे, सञ्चारिका समुह लुम्बिनी प्रदेश महासचिवमा निर्वाचित मायाँ केसी, आदिवासी जनजाति पत्रकार महसंघ लुम्बिनी प्रदेश महासचिवमा निर्वाचित सोनु थापालाई सम्मान गरिएको प्रेस सेन्टरले जानकारी दिएको छ ।