२०८३ जेष्ठ ८
बुटवल १६ असार ।
रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । राप्रपाका दीपक बोहराको निधनपछि प्रतिनिधिसभामा एक पद रिक्त छ। निर्वाचन आयोगको आज सोमबारको बैठकले उपनिर्वाचनको मिति तोकेको हो।
उक्त क्षेत्रबाट निर्वाचित दीपक बोहराको गत चैत १९ मा निधन भएपछि प्रतिनिधिसभामा सो पद रिक्त छ। प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदै कुनै सदस्यको स्थान रिक्त भएमा सो स्थानमा पूर्ति गर्ने संवैधानिक व्यवस्थाअनुसार आयोगले निर्वाचनको मिति तोकेको हो।
