२०८२ असार २७

रास्वपामा उम्मेदवार छनोटका लागि कार्यविधि
  • लुम्बिनी खोज
  • २०८२ असार २६, बिहीबार १२:०० गते

काठमाण्डौं २६ असार ।
रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोट कार्यविधि स्वीकृत गरी केन्द्रीय समिति सदस्यहरूको रायका लागि पठाएको छ।
बुधबार बसेको पार्टी सचिवालयको बैठकपछि ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’अन्तर्गत केही दिनभित्र कार्यविधिअनुसार उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गर्ने र प्राप्त आवेदनहरूको मूल्यांकन गरी कार्यविधिअनुसार उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गर्ने जनाइएको छ ।