२०८२ श्रावण २१

कक्षा १२ को नतिजा प्रकाशित
  • लुम्बिनी खोज
  • २०८२ श्रावण १९, सोमबार १४:०१ गते

काठमाण्डौं १९ साउन ।
कक्षा १२ को नतिजा सोमबार सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बोर्ड बैठकपछि नतिजा सार्वजनिक भएको हो। परीक्षामा पाँच लाख हाराहारी विद्यार्थी सहभागी थिए। नतिजाअनुसार यसपटक ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत वर्षको तुलनामा यो वर्ष ९ प्रतिशितले नतिजा सुधार भएको छ।
गत चैत्र २१ देखि २९ गतेसम्म संचालन भएको परीक्षामा पाँच लाख १० हजार विद्यार्थी सहभागी थिए। नतिजाअनुसार ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन्।
ननग्रेडेड हुनेमध्ये सबैभन्दा बढी अनिवार्य अंग्रेजीमा छन्। उक्त विषयमा ६१ हजारभन्दा बढी विद्यार्थी ननग्रेडेड भएका हुन्। बोर्डले आगामी २८ र २९ भदौमा ग्रेड वृद्धि परीक्षा हुने जनाएको छ।