२०८२ श्रावण २५

रुपन्देही–३ मा उम्मेदवार हुन रास्वपामा नौजनाको आवेदन
  • लुम्बिनी खोज
  • २०८२ श्रावण २२, बिहीबार १५:०७ गते

बुटवल २२ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा हुने उपनिर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार हुन इच्छुकहरूको सूची सार्वजनिक गरेको छ ।
रास्वपाले ७ साउनमा २१ गतेसम्म आवेदन माग गरेको थियो । यस अवधिभित्र नौजनाले आवेदन दिएको लुम्बिनी इन्चार्ज विपिन आचार्यले जानकारी गराए । आवेदन दिएकामध्येबाट सुलभ खरेलको नाम पहिलो नम्बरमा राखिएको छ ।
१७ कात्तिकमा हुने उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा। लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका छन् ।
रास्वपाले प्राप्त नामहरूबाट उम्मेदवारको नाम छनोट गर्नेछ । भदौ १५ मा उम्मेदवारको सूची सार्वजनिक गर्ने रास्वपाले जनाएको छ ।
२०७९ सालमा भएको आम निर्वाचनमा रुपन्देही ३ बाट प्रतिनिधि सभामा राप्रपाका दीपक बोहरा निर्वाचित भएका थिए । बोहराको निधनपछि रिक्त रहेको उक्त स्थानमा आगामी कार्तिक १७ गते उप निर्वाचन हुन लागेको हो ।