२०८२ भाद्र १२
दाङ ११ भदौ ।
लुम्बिनी प्रदेशमा सरुवा भएर आएका सचिवहरूलाई स्वागत गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा बुधवार सचिवस्तरीय बैठकमा दुई जना सचिवलाई स्वागत गरिएको हो ।
प्रमुख सचिव बावुराम अधिकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको जिम्मेवारी पाएका मोतिराम सापकोटा र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवको जिम्मेवारी पाएका चुर्णबहादुर ओलिलाई स्वागत गरेका छन ।
यसअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सचिवहरूको जिम्मेवारी तोक्ने निर्णय गरेको थियो । संघीयतालाई सफल बनाउन प्रदेशको कार्यसम्पादन र सेवा प्रवाहलाई चुस्त बनाउने गरी प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता सचिवहरूले व्यक्त गरेका छन् ।