२०८२ कार्तिक १५

मतदाता नामावली संशोधनसम्बन्धी अध्यादेश जारी
  • लुम्बिनी खोज
  • २०८२ आश्विन ८, बुधबार १२:२८ गते

काठमाण्डौं ८ असोज ।
आगामी २१ फागुनका लागि तोकिएको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न अध्यादेश जारी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावली संशोधनसम्बन्धी अध्यादेश जारी गरेका हुन् ।
जेन–जी विद्रोहपछि बनेको अन्तरिम सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेको छ। सोही निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संशोधनसम्बन्धी अध्यादेश जारी भएको हो । 
‘संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्‌को सिफारिसमा’ उक्त अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।