२०८२ कार्तिक १५

माओवादीले सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने
  • लुम्बिनी खोज
  • २०८२ आश्विन १०, शुक्रबार १२:३६ गते

माओवादी केन्द्रीय समिति भङ्ग
बुटवल १० असोज ।
नेकपा९माओवादी केन्द्र० ले केन्द्रीय समिति भङ्ग गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार प्रज्ञा भवन कमलादीमा सम्पन्न बैठकले मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । यस्तै वर्तमान पदाधिकारीलाई आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने, पार्टीभित्रका नेता तथा कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय भएका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

‘सम्पत्तिको छानबिन पहिला पदाधिकारीबाट सुरु गर्ने, कार्यालय, सचिवालय र परिवारको व्यवस्थापनमा नितान्त नयाँ ढङ्गले सोच्ने, महाधिवेशन मङ्सिरको अन्त्यमा गर्ने निर्णय भयो’, उनले भने ।