२०८२ कार्तिक १५
बुटवल २० असोज ।
एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा दबाब अभियान चलाइएको छ ।
२३ भदौको भ्रष्टाचारविरोधी जेनजी आन्दोलनमा दमन गरेको घटनामा तत्कालीन प्रधानमन्त्री केपी ओली तथा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न जेन–जी अगुवाहरूले दबाब अभियान सुरु गरेका हुन् । सामाजिक सञ्जालमार्फत उनीहरूले अभियान थालेका हुन् ।
हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङलगायतले सामाजिक सञ्जालमा यससम्बन्धी ट्रेन्ड सुरु गरेका छन् । अन्य जेन–जी अगुवाहरूले पनि सामाजिक सञ्जालमा ओली र लेखकमाथि कारबाहीा लागि दबाब दिन थालेका छन् । ‘द काउन्सिल अफ जेन–जी’को नामबाट सामाजिक सञ्जालमा यस्तो ट्रेन्ड सुरु गरिएको छ । अरेस्टकेपीओली र अरेस्टरमेशलेखक ह्यासट्याग राखेर उनीहरुले यस्तो अभियान थालेका हुन् ।
२३ र २४ भदौको आन्दोलनमा ७६ जनाले ज्यान गुमाइसकेका छन्। दुई दिनको आन्दोलनपछि ओलीले सत्ता गुमाएका थिए ।