२०८१ श्रावण १२

रुपन्देहीमा ५ हजार ११ उम्मेदवार चुनावी मैदानमा
  • लुम्बिनी खोज
  • २०७९ बैशाख १७, शनिबार १८:४७ गते

सबैभन्दा धेरै लुम्विनीमा र कम उम्मेदवार कञ्चनमा
बुटवल, ।
यही बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि रुपन्देहीमा ५ हजार ११ जना चुनावी मैदानमा उत्रिएका छन । शुक्रवार १ सय १३ जनाले उम्मेदवारी फिर्ता लिएसगै रुपन्देहीमा उम्मेदवारको संख्या ५ हजार ११ रहेको छ । रुपन्देहीको बुटवलमा ४ जना प्रमुख, ४ जना उपप्रमुखसहित २७ जनाले उम्मेदवारी फिर्ता लिएका छन । त्यस्तै अन्य पालिकामा पनि केही प्रमुख तथा उपप्रमुख र अन्य गरी ८६ जनाले उम्मेदवारी फिर्ता लिएका छन ।
शुक्रवार प्रकाशित उम्मेदवारको अन्तिम नामावली अनुसार रुपन्देहीमा सबै भन्दा धेरै उम्मेदवार लुम्विनी सास्कृतिक नगरपालिकामा रहेका छन भने कम कञ्चन गाउपालिकामा रहेका छन । । यहा प्रमुखमा १७, उपप्रमुखमा २२ सहित ५ सय ८५ जना चुनावी मैदानमा छन । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिकामा प्रमुखमा २०, उपप्रमुखमा १२ सहित ४ सय ७० जना उम्मेदवार रहेका छन । त्यस्तै बुटवल उपमहानगरपालिकामा १३ प्रमुख, १२ उपप्रमुखसहित ४ सय ५१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन । उम्मेदवार धेरै रहेको अर्को पालिकामा सिद्धार्थनगर नगरपालिका समेत हो । यहा १५ प्रमुख, ८ उपप्रमुख सहित ४ सय १९ उम्मेदवार रहेका छन ।
त्यस्तै गैडहवा गाउपालिकामा १३ अध्यक्ष, १२ उपाध्यक्षका उम्मेदवारसहित ३ सय ५६ जना उम्मेदवार रहेका छन । देवदह नगरपालिकामा प्रमुखमा १७, उपप्रमुखमा ८ सहित ३ सय ४४ जना चुनावी दौडमा रहेका छन । कोटहीमाई गाउपालिकामा १२ अध्यक्ष, ९ उपाध्यक्षका उम्मेदवारसहित ३ सय २१ जना उम्मेदवार रहेका छन ।
मायादेवी गाउपालिकामा अध्यक्षमा १२, उपाध्यक्षमा ९ गरी ३ सय १७ जना चुनावी प्रतिस्पर्धामा रहेका छन । सम्मरीमाई गाउपालिकामा अध्यक्षमा १५, उपाध्यक्षमा १०सहित ३ सय १२ उम्मेदवार रहेका छन । मर्चवारी गाउपालिकामा अध्यक्षमा १५, उपाध्यक्षमा १३सहित २ सय ८२ जना चुनावी प्रतिस्पर्धामा रहेका छन ।
रोहिणी गाउपालिकामा अध्यक्षमा ७, उपाध्यक्षमा ९सहित २ सय ३६ जना चुनावी प्रतिस्पर्धामा छन । सैनामैना नगरपालिकामा १३ प्रमुखमा, ८ उपप्रमुखमासहित २ सय २१ जना उम्मेदवार रहेका छन । ओमसतिया गाउपालिकामा अध्यक्षमा ११, उपाध्यक्षमा ८ सहित २ सय २ जना उम्मेदवार रहेका छन । सियारी गाउपालिकामा अध्यक्षमा ८, उपाध्यक्षमा ७सहित १ सय ९० जना उम्मेदवार रहेका छन । सुद्धोधन गाउपालिकामा अध्यक्षमा ९, उपाध्यक्षमा ७सहित १ सय ५६ उम्मेदवार रहेका छन । रुपन्देहीमा सबैभन्दा कम उम्मेदवार रहेको पालिका कञ्चन गाउपालिका हो । यहा अध्यक्षमा १२, उपाध्यक्षमा ११ गरी १ सय ४९ जना उम्मेदवार रहेका छन ।