२०८२ पुष ९

चिसो बढेपछि बुटवलका विद्यालयमा १४ गतेसम्म जाडो विदा
  • लुम्बिनी खोज
  • २०८२ पुष ९, बुधबार ०९:०५ गते

बुटवल ९ पुस ।
चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले बुटवलका सामुदायीक तथा सस्थागत विद्यालयहरुमा १४ गतेसम्म जाडो विदा दिएको छ । उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय बुधवार जारी गरेको सुचनामा केहीदिन देखि बाक्लो हुस्सु र शितलहरसगै अत्याधिक चिसो बढेकाले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विदा दिनुपरेको जनाएका छन् । वार्षिक विदाबाट कट्टी हुने गरी यही पुस ११, १३ र १४ गरी तीन दिन विद्यालय वन्द गरिएको उनले जनाएका छन् ।