२०८२ पुष ११

विज्ञान विषय प्रवर्धनमा छनोट लुम्बिनी प्रदेशका विद्यालयहरूको समीक्षा बैठक
  • लुम्बिनी खोज
  • २०८२ पुष ११, शुक्रबार १६:१५ गते

दाङ ११ पुस ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आयोजनामा विज्ञान विषय प्रवर्धनका लागि छनोट भएका लुम्बिनी प्रदेशका विद्यालयहरूको समीक्षा बैठक शुक्रबार घोराहीमा सम्पन्न भएको छ।
उक्त समीक्षा बैठकमा छनोट भएका सामुदायिक विद्यालयहरूमा आधारभूत तहदेखि माध्यमिक तहसम्म विज्ञान विषय प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । साथै संघीय सरकारले विद्यालयलाई तल्लो तहदेखि विज्ञान विषयलाई आकर्षक बनाउने, विद्यालयको मागको आधारमा जनशक्ति व्यवस्थापन ,सुरक्षित विद्यालय, हरित विद्यालय, समावेशिता, विज्ञान विषयमा छात्राको सङ्ख्या बढाउने उद्देश्य पनि रहेको छ । त्यस्तै छात्रवृत्ति प्रदान गर्ने ,अतिरिक्त कक्षा सञ्चालन, आवासीय सुविधा दिने डिजिटल माध्यमबाट पठनपाठन गराउने लगायतमा सुधार गर्ने गरी योजना निर्माण गरी स्थानीय सरकारसँग समन्वय गरी प्रभावकारी तथा दिगो रूपमा कार्यान्वयनमा ल्याउने रहेको उद्देश्य छ ।
बैठकमा सहभागिहरुबाट विज्ञान विषय प्रवर्द्धनमा रहेको पद्मोदय पब्लिक मावि घोराही ,दाङ र गुरुजुर मावि तुलसीपुरमा भएका विज्ञान प्रयोगशाला लगायत भौतिक, व्यवस्थापकीय र शैक्षिक पक्षको अवलोकन समेत गरिएको थियो । जसमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी हरिप्रसाद अर्याल, एसियाली विकास बैंकका परामर्शदाता डाक्टर प्रमोद भट्ट एसियाली विकास बैंकका परामर्शदाता सबिना आचार्य, मानव स्रोत विकास केन्द्रका प्राविधिक सहायक मोहम्मद मस्तकिम मनसुरी लगायतले सहजीकरण गरेको बैठकमा सहभागि नवीन औद्योगिक कदरबहादुर रिता माविका प्रेमबहादुर बस्नेतले बताए । कार्यक्रममा सहभागी विद्यालयको तर्फबाट गुरु जजुर मावि कि प्रधानाध्यापक विष्णुकुमारी केसीले धारणा राखेको कार्यक्रममा लुम्बिनी प्रदेशबाट छनोट भएका १२ जिल्लाका १७ वटा विद्यालयका प्रधानाध्यापक ,सहायक प्रधानाध्यापक र शिक्षकहरूले विद्यालयमा अवलम्बन गरेका असल शैक्षिक अभ्यासहरू, विद्यालयका सबल पक्षहरू ,विद्यालयले सामना गर्नुपरेका समस्याहरू प्रस्तुत गरेका थिए। जसमा कालिका मानव ज्ञान माविका दिनेश थापा, कान्ति माविका गोविन्द ज्ञवाली, नवीन औद्योगिक कदरबहादुर रिता माविका प्रेमबहादुर बस्नेत, शान्ति नमुना माविका सहायक प्रधानाध्यापक लोकनाथ कँडेल, पद्मोदय पब्लिक माविका लोकबहादुर बस्नेत, जनता माविका कोर्डिनेटर रामप्रसाद ढकाल ,त्रिभुवन माविका नारद ठाकुर ,जनज्योति माविका माधवप्रसाद आचार्य ,रुक्मिणी माविका पञ्चबहादुर केसी, नेपाल आदर्श माविका महेश्वर खनाल ,सिद्धबाबा माविका डोरविक्रम श्रीस ,जनता मावि पिपराकि लक्ष्मी भण्डारी, बालकल्याण माविका तुलसीप्रसाद श्रेष्ठ, गुरु जजुर मावीकी विष्णुकुमारी केसी, मङ्गल माविकी सन्ध्या गुप्ता ,मुक्ति माविका दामोदर बिष्ट ,चुरे माविका असीमकुमार पौडेल ,मङ्गलप्रसाद माविका सनद कुमार न्यौपाने लगायतले प्रस्तुत गरेका थिए । नेपालमा सामुदायिकतर्फ ४०० विद्यालयहरूमा विज्ञान विषय अध्यापन हुँदै आएकोमा ११४ वटा सामुदायिक विद्यालयहरू विज्ञान प्रवर्धन कार्यक्रममा छनोट भई आएका छन्। जसमा लुम्बिनी प्रदेशमा १७ वटा सामुदायिक विद्यालयहरू रहेका छन्। जसमा १ हजार विद्यार्थी सङ्ख्या भएका सामुदायिक विद्यालयहरूलाई ३० लाख १००१ देखि देखि २५०० विद्यार्थी सङ्ख्या भएका विद्यालयलाई ४५ लाख र २५०० प्लस विद्यार्थी भएका विद्यालयहरूलाई वार्षिक रूपमा ६० लाख संघीय सरकारले प्रदान गर्ने योजना रहेको छ।