२०८२ फाल्गुन ३

सरसफाई अभियानमा सक्रिय भए नवीन माविका विद्यार्थीहरू
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन २, शनिबार १६:०० गते

बुटवल ,२ फागुन ।
बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा आयोजित १ हप्तेनगर सरसफाई अभियान महेन्द्र राजमार्ग अन्तर्गत राजमार्ग चौरादेखि रामनगरसम्म नवीन औद्योगिक कदरबहादुर रीता माविका विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न भएको छ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा महेन्द्र राजमार्गको दुवैतर्फ नविन औद्योगिक कदर वहादुर रीता माविका व्यवस्थापन ,विज्ञान ,कानुन र शिक्षा समूहका ६५० जना विद्यार्थीहरू र ३५ जना शिक्षक तथा कर्मचारीहरु गरी ६८५ जनाको सक्रिय सहभागितामा सरसफाई कार्यक्रममा सहभागीता जनाएको प्रधानाध्यापक प्रेमवहादुर बस्नेतले बताए ।
बुटवल उपमहानगरपालिका नेपालका उपमहानगरपालिकाहरूमध्ये हालै सम्पन्न कार्यसम्पादन मूल्याङ्कनमा सर्वोकृष्ट हुन सफल भएको र यो बुटवल बासीहरूको लागि गौरवको विषय भएको भन्दै बस्नेतले बुटवल नगरलाई सफा सुन्दर हराभरा बनाउने दायित्व आम नगरवासीहरूको पनि भएकाले सहभागिता जनाएको धारणा राखेका छन् ।
बुटवल उपमहानगरपालिकाले आयोजना गरेको यस महाअभियानमा विद्यालयको तर्फबाट बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको नेतृत्वमा, प्रधानाध्यापक, सहायक प्रधानाध्यापकहरू, समूहगत इन्चार्जहरू, विषयगत प्रमुखहरू, शिक्षकहरू, राष्ट्रिय सेवा दलका सिनियर डिभिजनका क्याडेट, नवीन विद्यार्थी क्लबका पदाधिकारीहरू र एन्फा टेक्निकल सेन्टरमा बस्ने र विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू लगायतको सहभागिता रहेको बस्नेतले बताए ।