२०८३ असार ३०

सिद्धबाबा पहिरो जोखिम क्षेत्र तथा निर्माणाधीन सुरुङ्ग मार्गको निरीक्षण तथा अवलोकन
  • लुम्बिनी खोज
  • २०८३ असार ३०, मंगलवार १५:५२ गते

बुटवल ३० असार ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्री सहितको टोलीले सिद्धबाबा पहिरो जोखिम क्षेत्र तथा निर्माणाधीन सुरुङ्ग मार्गको निरीक्षण तथा अवलोकन गरेको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार पाल्पा, तिनाउ गाउँपालिका वडा नं. ३ स्थित सिद्धबाबा पहिरो जोखिमयुक्त क्षेत्र तथा सोही क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङ्ग मार्गको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्री, तिनाउ गाउँपालिका अध्यक्ष र सिद्धबाबा सुरुङ्ग मार्ग आयोजना प्रमुख लगायत सरोकारवाला पक्षबाट स्थलगत निरीक्षण तथा अवलोकन सम्पन्न भएको छ ।

निरीक्षणका क्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले उक्त क्षेत्रको वर्तमान जोखिम अवस्था, सवारी आवागमन, सुरक्षात्मक व्यवस्था तथा निर्माण कार्यको अवस्थाबारे जानकारी लिँदै सम्भावित विपद् जोखिम तथा दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित प्रहरी इकाईलाई निर्माण पक्षसँग प्रभावकारी समन्वय गरी सुरक्षित रूपमा सवारी आवागमन सुनिश्चित गर्न तथा कुनै पनि आकस्मिक घटना भएमा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न आवश्यक निर्देशन दिएका छन् ।