२०८३ श्रावण १३
बुटवल, १३ साउन ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–स्थित मणिग्राममा रहेको राममणि बहुमुखी क्याम्पसमा निर्माण हुन लागेको नयाँ भवनको बुधबार शिलान्यास गरिएको छ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालको अध्यक्षतामा आयोजित कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले भवनको शिलान्यास गरेका हुन्।
नेपाल सरकारको संघीय अनुदानअन्तर्गत प्राप्त दुई करोड रुपैयाँको लागतमा क्याम्पसको पुस्तकालय तथा प्रशासनिक प्रयोजनका लागि लिफ्टसहितको चारतले भवन निर्माण गरिने क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले जानकारी दिए।
शिलान्यास कार्यक्रममा क्याम्पस सञ्चालक समिति, क्याम्पस सभाका सदस्य, चन्दादाता, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
