२०८३ श्रावण १३

गुरूपूर्णिमामा राममणि क्याम्पसका विद्यार्थीद्वारा गुरू–सम्मान र वृक्षारोपण
  • लुम्बिनी खोज
  • २०८३ श्रावण १३, बुधबार १४:०५ गते

बुटवल, १३ साउन । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा गुरूपूर्णिमाको अवसरमा विद्यार्थीहरूले गुरू–सम्मान तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेका छन्।

रोटर्याक्ट क्लब अफ राममणि मल्टिपल क्याम्पस र विद्यार्थी गुणस्तर समूहको आयोजनामा बुधबार सम्पन्न कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा कर्मचारीलाई पुष्पगुच्छा प्रदान गर्दै सम्मान गरिएको थियो। सम्मानपछि सहभागीहरूलाई जलपानको समेत व्यवस्था गरिएको थियो।

विद्यार्थी गुणस्तर समूहको कार्यक्रम बी.बी.एस. चौथो वर्षकी संयोजक सुष्मिता ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो। त्यसैगरी, रोटर्याक्ट क्लब अफ राममणि मल्टिपल क्याम्पसका अध्यक्ष विष्णुप्रसाद डुम्रेको अध्यक्षतामा गुरू–सम्मानसँगै वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो। क्लबकी भाइस प्रेसिडेन्ट निशा ढकालले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

वृक्षारोपण कार्यक्रममा क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूले क्याम्पस परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपे।

दुवै कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीहरूले आयोजना गरेको सम्मान कार्यक्रमप्रति आभार व्यक्त गर्दै उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्नु नै गुरू र अभिभावकप्रतिको सबैभन्दा ठूलो सम्मान हुने बताए।

कार्यक्रममा रोटर्याक्ट क्लबका निवर्तमान अध्यक्ष पुष्पराज पन्थ, पूर्वअध्यक्ष रमेश लम्साललगायतको उपस्थिति रहेको थियो।