२०८३ श्रावण १३

रुपन्देही व्यापार संघको साधारणसभा असोजमा
  • लुम्बिनी खोज
  • २०८३ श्रावण १३, बुधबार १४:१३ गते

बुटवल १३ साउन ।
रुपन्देही व्यापार संघको वार्षिक साधारणसभा असोजमा हुने भएको छ । संघको नवौं नियमित बैठकले २५ औं वार्षिक साधारणसभा असोजको १० गते आयोजना गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष प्रकाश ढकालको अध्यक्षतामा बसेको संघको नियमित कार्यसमितिको बैठकले साधारणसभा सम्पन्न गर्नको लागि विभिन्न ९ वटा उपसमितिहरु पनि गठन गरेको छ ।
जसअन्तर्गत संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीको संयोजकत्वमा कार्यसमिति सदस्यहरु शोभाकुमारी जोशी, हरिबहादुर सुनार, नारायण बस्याल र मणि खनाल सदस्य रहेको स्वागत सत्कार उपसमिति तथा प्रथम उपाध्यक्ष ऋषिराम पाण्डेको संयोजकत्वमा कार्यसमिति सदस्यहरु केदारनाथ नेपाल, सरोज गहतराज, विजय ज्ञवाली, पारसमणि पोखरेल, सरोज ज्ञवाली र माधव ज्ञवाली सदस्य रहेको रजिष्टेशन उपसमिति गठन गरेको छ । संघका द्वितिय उपाध्यक्ष मनहरि बस्यालको संयोजकत्वमा कार्यसमिति सदस्यहरु गोपाल भुसाल र मुरारीराज भण्डारी सदस्य रहेको दिवाभोज उपसमिति तथा महासचिव प्रकाशराज पौडेल संयोजक रहने गरी मानार्थ सदस्य फर्शुराम पन्त र कार्यसमिति सदस्य धर्मराज ज्ञवाली सदस्य रहेको प्रतिवेदन लेखन तथा कार्यक्रम तयारी उपसमिति गठन गरेको छ ।
यस्तै संघको नियमित बैठकले कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराईको संयोजकत्वमा कार्यसमिति सदस्यहरु गोविन्द चापागाई, तेजेन्द्र सापकोटा, लक्ष्मी भट्टराई र प्रेमनाथ पाण्डे सदस्य रहेको आर्थिक उपसमिति तथा सचिव जयलाल न्यौपानेको संयोजकत्वमा कार्यसमिति सदस्यहरु टेकराज पन्थी, विनित भट्टराई, शाखा अध्यक्षहरु तुल्सीराम शर्मा, तारा शाक्य, केशवराज ज्ञवाली र संघका २४ वटै वस्तुगत उपसमितिका संयोजकहरु सदस्य रहने गरी प्रचारप्रसार उपसमिति गठन गरेको छ ।
यस्तै बैठकबाट संघको महिला सचिव वृन्द्वा भट्टराई आचार्यको संयोजकत्वमा कार्यसमिति सदस्यहरु ईशु देवकोटा र अशोक ज्ञवाली सदस्य रहेको मञ्च व्यवस्थापन उपसमिति तथा सह–सचिव नलराज नेपालको संयोजकत्वमा कार्यसमिति सदस्य जिवन काफ्ले, तिलक आचार्य, कुलबहादुर विसी र देवी शर्मा चपाई सदस्य रहेको शाखा समन्वय उपसमिति एवं सह–कोषाध्यक्ष जिवनारायण घिमिरेको संयोजकत्वमा कार्यसमिति सदस्यहरु टेकराज पन्थी र विमल नेपाल सदस्य रहने गरी अतिरिक्त क्रियाकलाप उपसमिति गठन गरिएको छ ।
यस्तै सोही अवसरमा संघका सह–कोषाध्यक्ष जिवनारायण घिमिरेको संयोजकत्वमा प्रकाशित संघको व्यापार बुलेटिन पनि विमोचन गरिएको छ । संघको नियमिति बैठकले वार्षिक साधारणसभाको तयारीलाई व्यवस्थित गराउँदै संघको सदस्यता विस्तार एवं नविकरण प्रक्रियालाई पनि सँगसँगै अगाडि बढाउने निर्णय गरेको संघका महासचिव प्रकाशराज पौडेलले जानकारी दिए ।