२०८१ श्रावण १२

डेढ किलो गाँजा सहित २ जना पक्राउ
  • लुम्बिनी खोज
  • २०७९ श्रावण ५, बिहीबार १६:३५ गते

बुटवल ।
रुपन्देहीमा डेढ किलो गाजासहित २ जना पक्राउ परेका छन । सैनामैना नगरपालिका वडा नं. १० झिमपुर बस्ने २७ वर्षिय रोशन थारु र सैनामैना ५ का कमल कुमाल पक्राउ परेका हुन । प्रहरीका अनुसार थारुले आफ्नै घरमा अबैध लागुऔषध गाँजा लुकाई छिपाई राखि बिक्री बितरण गर्ने गरेको छ भन्ने गोप्य सूचना ईलाका प्रहरी कार्यालय सालझण्डीमा प्राप्त हुनासाथ प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा प्रहरी खटिएको थियो । सो प्रहरी टोलीले झिमपुरमा रहेको रोशन थारुको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा १ किलो ३६० ग्राम सुकेको तयारी अबस्थाको लागुऔषध गाँजा फेला पारेको थियो । प्रहरीले तत्काल थारुलाई पक्राउ गरि उक्त गाँजा समेत बरामद गरी लागुऔषध ऐन अन्तर्गत म्याद थप गरीएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले सैनामैना नगरपालिका वडा नं. ५ बालापुर बस्ने २७ वर्षिय कमल कुमालको घरमा खानतलासी गर्दा २ सय ४ ग्राम सुकेको अवस्थामा रहेको गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले तत्काल उक्त चिजवस्तु बरामद गर्नुका साथै कुमाललाई पनि पक्राउ गरी लागुऔषध ऐन अन्तर्गत म्याद थप गरीएको छ । पक्राउ परेका उनिहरुलाई लागुऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।