२०८१ श्रावण १२

माघीमा लुम्बिनी प्रदेशमा दुई दिन सार्वजनिक बिदा
  • लुम्बिनी खोज
  • २०७९ पुष ३०, शनिबार १६:३६ गते

बुटवल ।

लुम्बिनी प्रदेश सरकारले माघे सक्रान्ति अर्थात् माघी पर्वको अवसरमा माघ २ गते सोमवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

प्रदेशको निर्णयसँगै लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक बिदा हुनेछ ।लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ । सोमवार मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरि महोत्सव मनाउन लागिएको हो ।