२०८१ श्रावण १२

प्रतियोगितामा भाग लिन जाने इडनका खेलाडीहरूको बिदाई
  • लुम्बिनी खोज
  • २०७९ माघ ९, सोमबार ११:३१ गते

बुटवल ।

मंगलबार देखि पोखरामा हुन गइरहेको अन्डर १९ न्यू इयर कप राष्ट्रिय क्रीकेट प्रतियोगितामा भाग लिनको लागि रुपन्देही जिल्लाको प्रतिनिधित्व गर्दै जाने जिल्लाका चौध जना खेलाडीहरू मध्ये  इडन इङ्गलिस बोर्डिङ्ग सेकेन्डरी स्कुलमा अध्ययनरत पाँच जना विद्यार्थीहरु सहभागि हुदै छन ।जसमा क्रमशः विशाल भुषाल कक्षा-१२, सागर गिरी कक्षा-१२, विमल भुषाल कक्षा-११,बिनय जि. सी. कक्षा-९ र रोहित विश्वकर्मा कक्षा-९ सहित बुटवल उपमहानगरपालिकाका नौ जना खेलाडीहरुलाई  विद्यालयमा एक कार्यक्रमका बिच बिदाई गरिएको छ।

उक्त कार्यक्रममा विद्यालयका अध्यक्ष तथा बुटवल उपमहानगरपालिका-११ का जनप्रतिनिधि श्री नकुल शाही ठकुरी र विद्यालयका प्राचार्य  शिवहरी भट्टराईले खेलाडीहरुलाई खादा तथा टीकाबाट सम्मान गरी उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिएका थिए । विद्यालयका क्रिकेट प्रशिक्षक तथा अन्तराष्ट्रिय क्रिकेट खेलाडी  सन्दिप सुनारलाई  धन्यवाद दिँदै विद्यालयको तर्फबाट खेलाडीहरुको खर्च व्यवस्थापनका लागि रु. तीस हजारको चेक पनि उक्त कार्यक्रममा विद्यालयका अध्यक्षले खेल प्रशिक्षकलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा विद्यालयका अध्यक्ष,सन्चालक,प्राचार्य,उप-प्राचार्य, क्रीकेट प्रशिक्षक, शिक्षक तथा खेलाडीहरुको उपस्थिति रहेको थियो।